• Friday 9th of October 2026

आमाको हत्या आरोपमा छोरा पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौँ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ स्थित थापाकटेरीबाट आमाको हत्यामा संलग्न आरोपमा छोरा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ३० वर्षीय यम बहादुर कँडेल छन् ।

गएराति यम बहादुरले ५५ वर्षीया आमा राम माया कँडेललाई धारिलो हतियार प्रहार गरेर हत्या गरेको धादिङका एसपी भेषराज रिजालले रातोपाटीलाई बताए ।

राति ९ बजेतिर हत्या भएको सूचना आएपछि जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी प्रकाश दाहाल नेतृत्वको टिम घटनास्थलमा पुगेको थियो ।

प्रहरीले आरोपीको साथबाट हत्यामा प्रयोग भएको हतियार बरामद गरेको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖