• Friday 9th of October 2026

अझै भेटिएनन् बर्षाको बेला नजाऊ भन्दाभन्दै लाङटाङ घुम्न गएका थिए गोसाइँकुण्डमा बेपत्ता ३ दिदीभाइ


  • धनकुटा खबर
  • .

दसैँको अवसरमा लाङटाङ घुम्न निस्किएका भक्तपुरका ४ जना युवा शनिबार साँझ रसुवाको गोसाइँकुण्ड–४ स्थित बेरिङ खोल्साले बगाएपछि अझै फेला परेका छैनन्।

परिवारका अनुसार उनीहरू दसैँको टीकाको भोलिपल्ट बिहानै १६ जनाको समूहसहित हायसमा लाङटाङतर्फ निस्किएका थिए। घरका सदस्यहरूले ‘पानी पर्ने पूर्वानुमान आएको छ, अहिले जाँदा जोखिम हुन्छ, नजाऊ’ भनेर बारम्बार सम्झाएका थिए। तर उनीहरूले “केही हुँदैन, ग्रुप नै जाँदै छ” भन्दै अटेर गरेर निस्किएका थिए।

परिवारका आफन्तले भनेका छन्, ‘हामीले धेरै रोक्यौं, तर उनीहरूले सुनेनन्। बाढी–पहिरोको चेतावनी आउँदै थियो, तर साहस गरेर गए।’

घटनाको प्रत्यक्षदर्शी एक सदस्यका अनुसार, ती चार जना हात समाएर खोल्सा तर्ने क्रममा बाढीले बगाएका हुन्।

ठाडो र खोँचयुक्त क्षेत्र भएकाले खोजी कठिन भएको जिल्ला प्रशासन रसुवाले जनाएको छ। सुरक्षाकर्मीको टोलीले सोमबार बिहानसम्म पनि खोजी जारी राखेको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖