• Friday 9th of October 2026

सप्तरीमा गाउँपालिका अध्यक्ष कार्यलयमै मसाज गराउँदै गरेको तस्विर /भिडियो भाइरल


  • धनकुटा खबर
  • .

सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीको कार्यलयमै मसाज गराइरहेको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया आएको छ।

भिडियोमा अध्यक्ष चौधरी आफैँ कुर्सीमा बसेर मसाज गराइरहेका देखिन्छन्, जबकि वरिपरि कर्मचारीहरू समेत उपस्थित देखिन्छन्। उक्त दृश्य गाउँपालिका कार्यालयकै आधिकारिक कोठामा खिचिएको बताइँदैछ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यो घटनाप्रति कडा आलोचना गरेका छन्। कतिपयले जनप्रतिनिधिको यस्तो व्यवहारले सार्वजनिक पदको मर्यादा उल्लङ्घन गरेको टिप्पणी गरेका छन् भने केहीले यसलाई जनताको करको पैसाबाट चल्ने कार्यालयको दुरुपयोग बताएका छन्।

यता, स्थानीय स्रोतका अनुसार उक्त भिडियो केही दिनअघि खिचिएको भए पनि अहिले आएर सार्वजनिक भएको हो।अध्यक्ष चौधरीको तर्फबाट भने अहिलेसम्म औपचारिक स्पष्टीकरण आएको छैन।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖