काठमाडौं । मंगलबार सुनको मूल्य तोलामा २३ सय रुपैयाँ बढेको छ ।
आज सुनकाे मूल्य प्रतितोला २ लाख ३५ हजार ४ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । यो मूल्य हालसम्मकै उच्च हो ।
अघिल्लो दिन २ लाख ३३ हजार १ सय रुपैयाँ थियो ।
चाँदी अघिल्लो दिनकै मूल्यमा कारोबार भएको छ । प्रतितोला २ हजार ९६० रुपैयाँमा चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ ।
