• Friday 9th of October 2026

बिपिन जोशी जीवित रहेको नयाँ प्रमाण फेला


  • धनकुटा खबर
  • .

एजरायली प्रमुख समाचार संस्था Ynet ले हमासद्वारा अपहरण गरिएका नेपाली विद्यार्थी बिपिन जोशी जीवित रहेको नयाँ प्रमाण फेला परेको जनाएको छ। रिपोर्टका अनुसार इस्रायली सुरक्षाबलले गाजाबाट फेला पारेको एउटा भिडियोमा बिपिनलाई जीवित देखिएको छ।

यो भिडियो सन् २०२३ नोभेम्बरतिर गाजामा खिचिएको मानिएको छ। Ynet का अनुसार, भिडियोमा बिपिन थकित देखिए पनि उनी बोल्ने प्रयास गरिरहेको देखिन्छ। यसले दुई वर्षदेखि बेपत्ता रहेका बिपिनबारे नयाँ आशा जगाएको हो।

अक्टोबर ७, २०२३ मा हामासको आकस्मिक आक्रमणमा इस्रायलमा रहेका १० नेपाली विद्यार्थीमध्ये १० जना मारिएका र बिपिन जोशी बेपत्ता भएका थिए। त्यसयता उनको खोजी जारी छ, तर ठ्याक्कै स्थिति अज्ञात थियो।

बिपिनको परिवार अहिले पनि इस्रायलमै छन्। उनकी १७ वर्षीया बहिनी पुष्पा जोशी र आमा पद्मा जोशी केही महिनाअघि “किडन्याप स्क्वायर” पुगेका थिए र उनले भावुक हुँदै भनेकी थिइन्,
“हामी दुई वर्षदेखि आँशुमा बाँचिरहेका छौं, तर बिपिन फर्कने आशा कहिल्यै मरेको छैन।”

बहिनी पुष्पाले नेपाली भाषामै भाइलाई सन्देश दिइन्,
“बिपिन, डराउनु छैन, आमा र म तिम्रो प्रतीक्षामा छौं, तिमी फर्किनुपर्छ।”

अब सबैको मनमा एउटै प्रश्न घुमिरहेको छ —
के बिपिन अन्ततः फर्कनेछन् ? 🙏🇳🇵

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖