• Friday 9th of October 2026

आत्मदाह प्रयास गर्ने एक जना प्रहरी नियन्त्रणमा


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौँको माइतीघर मण्डलामा आत्मदाहको प्रयास गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिहीबार आत्मदाह गर्नबाट रोकेर उनलाई अहिले जिल्ला प्रहरी परिसर भद्रकालीमा राखिएको छ ।

सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका वडा नम्बर ६ घर भएका कान्छाराम लामाले आफ्नो शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका थिए ।

काठमाडौँमा बस्दै आएका उनी बैंकिङ कसुर सम्बन्धी मुद्दामा फस्ने भएपछि आत्मदाह प्रयास गरेको थाहा भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए ।

जेनजी समूहका प्रदर्शनकारीसँगै गएर उनले आत्मदाह प्रयास गरेका हुन् । माइतीघरमा प्रदर्शन गर्न खोजेको आरोपमा प्रहरीले अहिलेसम्म जेनजी समूहका २५ जनालाई पक्राउ गरेको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖