• Friday 9th of October 2026

आफ्नो केटा साथी संगै गाउँ छाडेर भागेकी २० बर्षिय कर्मा बोहरा चिन्न नसकिने अबस्थामा भेटिईन्


  • धनकुटा खबर
  • .

एउटै गाउँको एस्तो एउटा प्रेम जोडि जो सामाजिक तथा मानसिक पीडा कै कारण कर्णाली नदिमा संगै हाम फाली सदाका लागि अस्तायो

हुम्ला जिल्लाको चंखेली गाउँपालिका -४ माथिल्लो पाली बस्ने हर्क बोहराकी अन्दाजी २० बर्षीय छोरी कर्मा बोहरा र सोही गाउँका अन्दाजी २३ बर्षका हंस बुढाथोकी ले असोज ११ गते कर्णाली नदिमा संगै हाम फाली बेपत्ता भएका थिए ।

बेपत्ता भएको १२ दिन पछि असोज २३ गते बाजुरा जिल्लाको हिमाली गाउँपालिका -६ झुगाला स्थित कर्णाली नदी किनारमा बेवारिसे अवस्थामा भेटिएको शव उनै २० बर्षिय कर्मा बोहाराको भएको पुष्ठि भएको हो ! भने उनका प्रेमि अन्दाजी २३ बर्षका हंस बुढाथोकी अझै बेपत्ता रहेको उनका आफन्तले जान्कारी दिनुभएको हो ।

हंस र कर्मा लामो समय देखि प्रेम सम्बन्ध मा रहेका थिए तर उनिहरुका परिवार बाट भने स्विकार्य मा नरहेको स्थानीय बताउछन् ! त्यस पछि उनिहरु गाउँ नै छोडेर भागे परिवारले फोन कल गरे सम्पर्क भएन उनिहरु गाउँ भन्दा धेरै टाढा पुगि सकेका थिए गाउँ नै छोडेर आएपछी अब हामी कहाँ जाने ! जाने ठाँउ हरायो हाम्रो भन्दै संगै कर्णाली नदिमा हाम फाली सदाका लागि बिदा हुने बाटाे रोजेको बुझिएको छ ।

कर्माको शव दुई ढुंगावीच चिन्न नसकिने गरि सडेगलेको थियो
प्रहरीले प्लास्टिकमा पोको पारी कोल्टी अस्पतालमा पुर्याएको उक्त शव हेर्न हुम्ला बाट उनका बुवा हर्क बोहरा बाजुरा पुगि अस्पतालमा पोको पारी राखिएको सव खोलेर हेर्दा मेरै छोरी हुन भनी शवको प्रष्ट पहिचान खुलेको हो ! उनीहरुले घाँटीमा लगाएको सिक्री र शारीरिक बनावटका आधारमा नै सनाखत गरेका हुन ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖