• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

बन्जी जम्पकै बेला बाँदरले लगे पर्यटकको पासपोर्ट, प्रहरी खोजीमा जुट्यो


  • धनकुटा खबर
  • .

अष्ट्रेलियाबाट नेपाल घुम्न आएका दुई पर्यटकको पासपोर्ट बाँदरले लिएर जंगलतिर भागेको घटना पर्वत जिल्लामा घटेको छ।

पर्वत प्रहरी प्रमुख डीएसपी विजय यादवका अनुसार, पर्यटकहरूले गाडीको छतमा राखेको झोला बन्जी जम्प नजिकैबाट बाँदरले लगेको जानकारी दिएका थिए। घटना बारे प्रहरीमा निवेदन दर्ता गरिएको छ र नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोली खोजीमा खटिएको छ।

डीएसपी यादवले भने, “भीर र जङ्गल भएकाले पहुँच गाह्रो छ, खोजी जारी छ। भेटिएन भने पर्यटकहरूले नयाँ प्रक्रियाबाट पासपोर्ट लिनुपर्ने छ।”

यो घटना पर्यटक र स्थानीयका लागि अनौठो र रोचक दुर्घटनाको रूपमा स्थानीय मिडियामा पनि चर्चित भएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖