इजरायलमा हमासद्वारा अपहरण गरिएका नेपाली विद्यार्थी विपिन जोशी जीवित नरहेको इजरायली सेनाले पुष्टि गरेको छ।
इजरायलको सेनाका अधिकारीले आज बिहान भिडियो कन्फरेन्समार्फत राजदूत धनप्रसाद पण्डित र परिवारलाई यो जानकारी दिएका हुन्।
गत वर्ष अक्टोबर ७ मा हमासले आक्रमण गर्दा विपिन बन्धक बनेका थिए र त्यसपछि उनको अवस्था अज्ञात रहँदै आएको थियो।
