• Friday 9th of October 2026

हतियार प्रहार घटनामा तरूण दलका क्षेत्रीय संयोजक रोकाया पक्राउ


  • धनकुटा खबर
  • .

धनगढी । कैलालीकाे गाेदावरीमा डडेल्धुराका ३२ वर्षीय गाैरव ऐरमाथि धारिलाे हतियार प्रहार गरिएको घटनामा थप एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा तरूण दल कैलाली क्षेत्र नम्बर ५ प्रदेश(ख) का संयाेजक धनगढी उपमहानगरपालिका-२ बस्ने तेज बहादुर राेकाया(तेजु) रहेकाे प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले राेकायालाई मंगलबार साँझ पक्राउ गरिएको जानकारी दिए ।

प्रहरीकाअनुसार राेकायालाई भारततर्फ भाग्दै गरेकाे अवस्थामा सीमावर्ती क्षेत्रबाट पक्राउ गरिएको हाे । उनले चढदै आएकाे गाडी भने साेमबार नै प्रहरीले धनगढीकाे राजघाट क्षेत्रबाट वेवारिसे अवस्थामा नियन्त्रणमा लिएको थियाे ।

उनी गाडी छाडेर भारततर्फ भाग्न खाेजेकाे प्रहरीले जनाएको छ । याे सँगै उक्त घटनामा पक्राउ पर्नेकाे संख्या १२ पुगेकाे छ भने फरार रहेका तीन जनाकाे खाेजी भइरहेको छ ।

आइतबार राति गाेदावरी नगरपालिका-४ काे शुभम हाेटलमा डडेल्धुराकाे नवदुर्गा गाउँपालिकाका गाैरव ऐरमाथि धारिलो हतियार प्रहार गरिएको थियोे ।

उक्त घटनामा संलग्न रहेकाे आराेप लागेका धनगढीमा काेब्रा सरकारका नामले गुण्डागर्दी गर्दै आएका भनिएका सन्नी भनिने भीम नेपालीकाे समूहका ११ जनालाई पनि प्रहरीले भारत भागिरहेकाे अवस्थामा पक्राउ गरेकाे थियाे ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖