• Friday 9th of October 2026

दुईवटा मोटरसाइकल ठोक्किँदा २ जनाको मृ,त्यु


  • धनकुटा खबर
  • .

काठमाडौं – अर्घाखाँचीमा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन्।

बुधबार राति अर्घाखाँचीको छत्रदेव गाउँपालिका–१ मा टिविकामा दुईवटा मोटरसाइकल आपसमा ठक्कर खाँदा दुईजना चालकको मृत्यु भएको हो भने पछाडि सवार दुई जना गम्भीर घाइते भएको अर्घाखाँची प्रहरीले जनाएको छ।

अर्घाखाँची छत्रदेव गाउँपालिका–१ सौरेखोलामा लु ५८ प ७९७८ न मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरे लु ३३ प ६५४४ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो ।

मृत्यु हुनेमा अर्घाखाँची पाणेनी गाउँपालिमा–५ का २१ वर्षीया तारा बेलबासे र गुल्मी छत्रकोट गाउँपालिका–६ का ३५ वर्षीय सुमन सुनार रहेका छन्। उनीहरु दुवै चालक हुन्।

उनीहरुलाई प्रहरीले घटनास्थलबाट उद्धार गरेर जिल्ला अस्पताल सन्धीखर्क लगेको थियो दुवैको उपचारका क्रममा राति पौने ११ बजे मृत्यु भएको प्रहरीको भनाइ छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖