• Friday 9th of October 2026

यसरी कुटिए प्रहरी इन्चार्ज


  • धनकुटा खबर
  • .

कञ्चनपुर । प्रहरी दिवसको पुर्व सन्ध्या तथा अघिल्लो दिन कञ्चनपुरमा एक प्रहरी अधिकृतमाथि कुटपिट भएको छ।

७० औँ प्रहरी दिवसको पुर्व सन्ध्यामा ब्रम्हदेब प्रहरी इन्चार्ज प्रहरी नायब निरीक्षक देवेन्द्र बहादुर चन्दमाथि कुटपिट भएको हो। बिहीबार साँझ भीमदत्त नगरपालिका- ९ ब्रम्हदेब महाकाली कोरिडोर मार्ग क्षेत्रमा सई चन्दमाथि कुटपिट भएको हो।

निर्माणाधिन महाकाली कोरिडोर क्षेत्रबाट बोलेरो जिपमा महेन्द्रनगरदेखि यात्रु ओसारेर जोगबुढा गइरहेका यात्रु र चालकले सई चन्दमाथि कुटपिट गरेको भिडियो सर्वत्र सामाजिक सञ्जालमा छयापछ्याप्ती छ । यात्रु र चालकको कुटाइबाट घाइते भएका सई चन्द महाकाली अस्पतालमा उपचारपछि रातीनै डिस्चार्ज भएका छन् ।

सई चन्दमाथि यसअघि पनि व्यवसायी तस्कर समुहबाट पैसा असुलेको आरोप लाग्दै आएको छ ।यद्यपी ति आरोप पुष्टी भने भएको छैन । ब्रम्हदेब प्रहरी चौकी इन्चार्ज सई देवेन्द्र बहादुर चन्दले बोलेरो जिपमा क्षमताभन्दा बढी यात्रु र सामान ओसारिरहेका चालक रमेश धामीसँग किन जोखिम मोलेर यात्रा गरिरहेको भन्ने प्रश्न गरेपछि उनीहरु आफुमाथि खनिएर कुटपिट गरेको बताए ।

सई चन्दमाथि कुटपिट गर्ने दुई युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तर चालकलाई भने अहिलेसम्म नियन्त्रणमा लिएको छैन । तेज बहादुर बोहरा र भरत जोशीलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान अघि बढाएको जनाएको छ । कञ्चनपुरका प्रहरी प्रवक्ता सागर बोहराले उनीहरुलाई अभद्र व्यवहारमा मुद्दा चलाउने बताए ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖