• Friday 9th of October 2026

उदयपुर चौदण्डीगढीका मेयर–उपमेयर यसरी लखेटिएपछि…


  • धनकुटा खबर
  • .

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामा र उपमेयर मणीकादेवी दुलालमाथि जेनजी युवा समूहले आक्रमण गरेको छ ।

तिहारको अवसरमा नगरपालिकाको वडा नम्बर ९ र १० ले आयोजना गरेको चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रममा आइतबार बिहान जेनजी समूहका युवाले आक्रमण गरेपछि कार्यक्रम अस्तव्यस्त बनेको हो ।

चौदण्डीगढी–१० हडिया बजारमा आयोजित सो कार्यक्रममा जेनजी युवाहरूले ‘भ्रष्ट जनप्रतिनिधि हटाऊ’ भन्दै बिराेध गरेका थिए ।

कार्यक्रम सुरु हुनासाथ युवाहरूको समूहले विरोध प्रदर्शन गर्दै मंच कब्जा गरेपछि मेयर, उपमेयरलगायत जनप्रतिनिधिहरू भाग्न बाध्य भएका थिए ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖