• Friday 9th of October 2026

अमेरिकाबाट दशैं-तिहार मान्न आएका छोरा बुहारीलाई बाबुले गरे खुकुरी प्रहार


  • धनकुटा खबर
  • .

अमेरिकाबाट दशैं-तिहार मान्न आएका छोरा बुहारीलाई बाबुले खुकुरी प्रहार गरेका छन् ।

कागेश्वरी मनहरा नगरपालिका- ५, थलीस्थित भीमबारी टोलमा बुधबार विहान यस्तो घटना भएको हो । जिल्ला प्रहरी प्रवक्ता एसपी पवन भट्टराईका अनुसार ५३ वर्षीय विष्णु उप्रेतीले घरायसी विवादका क्रममा खुकुरी प्रहार गरेका हुन् ।

खुकुरी प्रहारबाट ३२ वर्षीय छोरा रुविस उप्रेती र बुहारी मनिता भण्डारी घाइते छन् । रुविसको बायाँ हातका चार औंला काटिनुका साथै दाहिने खुट्टाको घुँडामा चोट लागेको प्रहरीले जनाएको छ ।

बुहारी मनिताको दाहिने हातको कुममा चोट लागेको छ ।आक्रमण गर्ने बुबा उप्रेती प्रहरी वृत्त, बौद्धअन्तर्गत गोकर्ण प्रभागको हिरासतमा छन् ।-नेपाल प्रेस

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖