सामाजिक अभियन्ता एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईले अन्तर्वार्ताको क्रममा आस्था राउतको नाम उच्चारण गरेको विषयमा माफि मागेका छन् ।
आफूले अन्तर्वार्ताका क्रममा सतर्कता अपनाउन नसक्दा झुक्किएर आस्थाको नाम उच्चारण गरेको भन्दै मनका चोट पुगेको रहेछ भने हृदयदेखि नै धेरै धेरै क्षमा याचना गरेको दुर्गाले फेसबुक मार्फत बताएका छन् ।
दुर्गाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्-
अन्तर्वार्ताको क्रममा आस्था राउतको नाम उच्चारण भएको विषयमा स्पष्ट पार्न चाहन्छु-उहाँको मनमा चोट पुगेको रहेछ भने म हृदयदेखि धेरै–धेरै क्षमा याचना गर्दछु। मेरो भावनामा कुनै नकारात्मक मनसाय थिएन। सत्य बोल्ने यात्रामा उल्लेखित नामको कारण अनावश्यक विवाद सिर्जना हुनु दुःखद छ, र यस्ता सूक्ष्म विषयमा भविष्यमा अझ सतर्क रहने प्रतिज्ञा गर्दछु।
