• Friday 9th of October 2026

बंगालको खाडीमा आएको ‘मोन्था’ आज तीब्र चक्रवाती आँधीमा बदलिँदै, भारी वर्षाको सम्भावना


  • धनकुटा खबर
  • .

काठमाडौं । भारतीय मौसम विज्ञान विभागले बताएअनुसार हाल बंगालको खाडीमा सक्रिय रहेको चक्रवात मोन्था मंगलबार तीव्र चक्रवाती आँधीमा परिणत हुनेछ।

यसले तमिलनाडुका केही भागहरूमा भारी वर्षा गराउन सक्छ। चक्रवात आज आन्ध्र प्रदेशको तट पार गर्ने अनुमान गरिएकोले आन्ध्र प्रदेश र ओडिशाका केही भागहरूमा चक्रवातको चेतावनी जारी गरिएको छ।

“चक्रवाती आँधी साँझ वा राति आन्ध्र प्रदेशको काकीनाडा नजिकै मछलीपट्टनम र कलिंगपट्टनम बीचको तट पार गर्ने सम्भावना छ,” भारतीय मौसम विज्ञान विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

विज्ञप्ति अनुसार त्यतिबेला हावाको गति प्रतिघण्टा ९०-१०० किलोमिटर पुग्न सक्छ। यो आँधीको प्रभाव पूर्वी नेपाल हुँदै मध्य नेपालसम्म पर्ने अनुमान गरिएको छ । पूर्वी नेपालमा प्रभाव बढी हुने बताइएको छ ।

मौसम विभागले सोमबार भनेको छ – चक्रवाती आँधी ‘मोन्था’ को प्रभावका कारण अक्टोबर २८ देखि ३० सम्म महाराष्ट्रको विदर्भ क्षेत्रमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना छ।

चक्रवाती आँधी ‘मोन्था’ को सम्भावित प्रभावलाई ध्यानमा राख्दै, राज्य सरकारहरूले अधिकारीहरूलाई सतर्क रहन निर्देशन दिएका छन्

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖