• Friday 9th of October 2026

भाषण गर्दागर्दै ढलेका गौतमको अन्तिम शब्द : ‘अतः यो कारणले’


  • धनकुटा खबर
  • .

वुटवल । कार्यक्रममा बोल्दा बोल्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको ‘अतः यो कारणले’ नै अन्तिम शब्द बन्न पुगेको छ।

उद्योगमा नेपाल विद्युत् प्राधिकरणले गरेको विद्युत् कटौतीको विरोधमा आयोजित धर्ना कार्यक्रममा बोल्दाबोल्दै ढलेका उनको निधन भइसकेको छ।

अचानक ढलेका गौतमलाई उपचारको लागि मणिग्रामको क्रिमसन अस्पताल पुर्‍याउँदा मृत्यु भइसकेको सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नेत्र प्रसाद आचार्यले पुष्टि गरेका छन्। अस्पतालमा उपचारका क्रममा उनको निधन भएको थियो।

कार्यक्रममा बोल्दै उनी केही आक्रोशित बनेका थिए। सोही क्रममा उनी भुइँमा ढलेका थिए। उनले सरकारले उद्योगहरूलाई फसाएको आरोप लगाउँदै श्रमिकहरूलाई एकजुट भएर आन्दोलन गर्न आग्रह गर्दा आक्रोशित बनेका थिए। सोही क्रममा उनको बोली लरबरिएको थियो। सो क्रममा उनले ‘अतः यो कारणले’ भन्ने शब्द प्रयोग गरेका थिए।

प्राधिकरणले ट्रंकलाइन प्रयोग गरेको भन्दै बुटवल–भैरहवा कोरिडोरका १० उद्योगमा लाइन काटेको विरोधमा उद्योगीका संस्था र मजदुरले संयुक्तरूपमा आयोजना गरेको विरोध प्रदर्शनमा गौतम मजदुरहरूको तर्फबाट वक्ताका रुपमा प्रतिनिधित्व गरेका थिए।

६२ वर्षीय गौतमका दुई छोरा र श्रीमती छन्। ६५ वर्षीय गौतम हृदयघातका भएर ढलेका थिए। बुटवल उपमहानगरपालिका–३ ज्योतिनगरका स्थायी बासिन्दा गौतम नेकपा एमालेका केन्द्रीय सदस्य समेत हुन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖