कांग्रेस नेता मोहम्मद अफताव आलमको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर बनेको छ।
दुबै मिर्गौला फेल भएपछि उनलाई कृत्रिम स्वासप्रश्वास दिएर भेन्टिलेटरमा राखिएको छ। तिहारअघि देखि आईसीयूमा रहेका आलमको अवस्था सुधार नआएको अस्पताल श्रोतले जनाएको छ।
आलमलाई कारागारबाट छुटेको केही दिनमै म’स्तिष्कघा’त भएको थियो। माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारपछि डिस्चार्ज गरिएका उनी फेरि मिर्गौलाको स’मस्या देखिएपछि दसैंअगाडि केएमसी अस्पतालमा भर्ना भएका थिए।
तर अवस्था झन् बिग्रँदै गएपछि अहिले उनको स्वास्थ्य चिन्ताजनक बनेको अस्पताल स्रोतले जनाएको छ।
