• Friday 9th of October 2026

छोराले गरे फरुवा प्रहार गरेर आमाको हत्या


  • धनकुटा खबर
  • .

सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिका–१२, मसिनाटोलमा छोराले प्रहार गरेको फरुवा लागेर आमाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार, घरायसी विवादका कारण गत मंगलबार बिहान ३० वर्षीय छोरा कविराम बस्नेतले ५० वर्षीया आमा धनिकला बस्नेतलाई सुतिरहेको अवस्थामा फरुवाले टाउकोमा प्रहार गरेका थिए ।

गम्भीर घाइते भएकी धनिकलालाई उपचारका लागि प्रदेश अस्पताल लगिएको थियो । तर, बिहान करिब ८:१५ मिनेटको समयमा डाक्टरले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाले जानकारी दिए ।

कविरामलाई इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरी टोलीले छिन्चु बजार क्षेत्रबाट पक्राउ गरेको थियो । उनीमाथि थप अनुसन्धान भइरहेको बुढथापाले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖