• Friday 9th of October 2026

बालेनले विवादास्पद स्टाटस लेख्नुअघि शनिबार दिउँसो ललितपुरको एक रेस्टुरेन्टमा साथीसँग मदिरा सेवन गरिरहेको दाबी


  • धनकुटा खबर
  • .

काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह (बालेन) ले विवादास्पद स्टाटस लेख्नुअघि शनिबार दिउँसो ललितपुरको एक रेस्टुरेन्टमा साथीसँग मदिरा सेवन गरिरहेको दाबी सञ्चारकर्मी मञ्जु कार्कीले गरेकी छन्।

उनले सामाजिक सञ्जालमार्फत उक्त दृश्य आफूले प्रत्यक्ष देखेको बताउँदै राति बालेनको पोस्ट देखेपछि “अवस्था झन् जटिल रहेछ” भन्ने प्रतिक्रिया दिएकी हुन्।

कार्कीले लेखेकी छन्, “हिजो म परिवारका साथ ललितपुरको एउटा रेस्टुरेन्टमा थिएँ। कौसीतिरको ठाउँमा चार–पाँच जना साथीसँग बालेन थिए। उनले बारम्बार मदिरा थपिरहेका थिए। मलाई लाग्यो, शनिबार छुट्टीको दिन भएकाले होला। तर राति उनको स्टाटस देखेपछि दिउँसोको दृश्य सम्झिँदा अवस्था गम्भीर लाग्यो।”

बालेनले त्यस राति अमेरिका, भारत, चीन र नेपालका प्रमुख दलहरू — एमाले, कांग्रेस, रास्वपा, राप्रपा र माओवादी — लाई लक्षित गर्दै अश्लील शब्द प्रयोग गरी पोस्ट गरेका थिए।

उनले केही मिनेटमै स्टाटस मेटाए पनि त्यसको स्क्रिनसट अहिले पनि सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ। पत्रकार कार्कीको पोस्टपछि बालेनको व्यक्तिगत व्यवहार र मानसिक अवस्थाबारे फेरि चर्चा सुरु भएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖