धनगढी । कैलालीको तेघरीमा रहेको नेपाली सेनाको ब्यारेक अगाडि बसले ठक्कर दिदा वृद्धाको मृत्यु भएको छ ।
भीमदत्त राजमार्ग अन्तरगत गोदावरी नगरपालिकाको तेघरी ब्यारेक गेट नजिकै ना ५ ख ५२५ नम्बरको बसले ठक्कर दिदा ८० वर्षीया वृद्धाको मृत्यु भएको प्रहरीले जनाएको छ तर उनको पहिचान भने खुलेको छैन ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार वृद्धालाई दिपायलबाट धनगढी आउँदै गरेको बसले ठक्कर दिएको थियो ।
