• Friday 9th of October 2026

शेरबहादुर देउवालाई बचाउने राहुल शाह यस्तो भन्छन् …


  • धनकुटा खबर
  • .

उनी हुन् जेनजी युवा राहुल शाह । उनले जेनजी आन्दोलनको दिन शेरबहादुर देउबालाई बचाएका थिए ।

उनी भन्छन्:

म २४ गते देउबाको घर पुग्दा देउबालाई मानिसहरूले कुटपिट गरिरहेका थिए । त्यहाँका मानिसहरूमा कुनै मानवता थिएन। मैले शेरबहादुर देउबाको टाउको फुटेको देखेँ ।

शरीर र लुगामा रगतै रगत देखिन्थ्यो। अनि मलाई ‘बचाउनुपर्छ’ भन्ने लाग्यो र जोखिम लिएर उहाँलाई सहयोग गरेँ। कतिले भने: पैसा खाएर देउबालाई बचायौ, किन बचायौ ? तर म त्यहाँ विशुद्ध मानवताको नाताले सहयोग गर्न गएको थिएँ ।

देउबाको ठाउँमा अरू कोही भएको भए पनि त्यसरी नै बचाउने थिएँ । जेनजी आन्दोलनको उद्देश्य नेतालाई घाइते बनाउने वा कुट्ने थिएन । कुटेरै हुने भए त कानुन किन चाहियो र ?

देउबालाई त्यो दिन बचाउन पाउँदा खुसी लागेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖