आफ्नै श्रीमती आफ्नै कार्यालयमा महिला विकास निरीक्षक बनेर आएपछि श्रीमानले स्वागत गरेका छन् ।
काभ्रेको खानीखोला गाउँपालिकाको कार्यालयमा श्रीमान चक्रबहादुर थापा शिक्षा शाखामा प्राविधिक सहायक पाँचौं तहमा कार्यरत रहेका छन् भने उनकी श्रीमती कमला थापा (अधिकारी) सोही पालिकाको महिला विकास निरीक्षक सहायक पाँचौं तहमा महिला शाखामा कार्यरत रहेका छन् ।
गाउँपालिकाले आयोजना गरेको परिचयात्मक कार्यक्रममा श्रीमानले आफ्नो श्रीमतीलाई कार्यालयमा स्वागत गरेका हुन् ।
