• Friday 9th of October 2026

सिंहदरबारबाट लुटिएको सामग्री कन्सल्टेन्सीमा फेला


  • धनकुटा खबर
  • .

जेन–जी आन्दोलनका क्रममा सिंहदरबारबाट लुटिएको सामग्री बागबजारस्थित कन्सल्टेन्सीबाट बरामद भएको छ। लुटिएको सामग्री बरामद भएको कन्सल्टेन्सी सरल शिक्षा एकेडेमी हो।

एकेडेमीमा प्रहरीले केही घण्टाअघि मात्रै छापा मारेको हो। प्रहरीका अनुसार एकेडेमीबाट एउटा प्रिन्टर भेटिएको छ। प्रहरीले प्रिन्टरको मुचुल्का उठाई बरामद गरेको छ।

प्रहरी वृत सिंहदरबारबाट खटिएको प्रहरी टोलीले एकेडेमीमा छापा मारेको हो। एकेडेमीकी सञ्चालक उषा भट्ट हुन्। तर, प्रहरीले उनलाई पक्राउ गरेको छैन।

प्रहरीका अनुसार एकेडेमीका कर्मचारीले त्यसबाहेकका सामग्री पनि सिंहदरबारबाट चोरी गरी ल्याएका थिए। प्रहरीको उर्दीपछि उक्त सामग्री भने एकेडेमीले यसअघि नै प्रहरी कार्यलयमा बुझाएको थियो।

वृत्त प्रमुख डिएसपी जनार्दन घिमिरेले यसअघि एकेडेमीले एउटा प्रिन्टर फिर्ता गरेको र अहिले पनि त्यस्तै सूचना आएकाले बुझ्ने काम भइरहेको बताए।-नयां पत्रिकाबाट

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖