भक्तपुरको गुण्डूमा बस्ने एक स्थानीयले एक टेलिभिजन अन्तर्वार्तामा बताए अनुसार, केपी ओली गुण्डुमा सरेपछि क्षेत्रको व्यापार र जग्गाको मूल्य दुवै बढेका छन्।
उनका अनुसार, पहिले करिब १५–१६ लाखमा पाइने जग्गा अहिले २५–२८ लाख रुपैयाँसम्ममा बिक्री हुन थालेको छ।
स्थानीय व्यवसायहरूमा समेत ग्राहकको संख्या बढेको र बजारमा चहलपहल बढेको जनाइएको छ।
‘जेन जेड आन्दोलन’का क्रममा ओलीको घरमा आगजनी भएपछि उनी हाल भक्तपुरको गुण्डूमा बस्दै आएका छन्।
नेकपा (एमाले) ले ओली बसोबास गर्ने स्थानलाई “ओली कुटी” नाम दिई स्थायी रूपमा विकास गर्ने घोषणा गरेको छ।
