• Friday 9th of October 2026

भक्तपुरमा हराएका व्यक्ति मृत फेला परे


  • धनकुटा खबर
  • .

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका–८, सुडालका ५०/५१ वर्षीया शोम बहादुर मुसिख्वाल करिब एक साता अगाडि हराएका थिए।

उनी २०८२ साल कात्तिक २२ गते कामको सिलसिलामा बाहिरिएका थिए र त्यसपछि सम्पर्कविहीन थिए।

प्रहरी र स्थानीय स्रोतका अनुसार, मुसिख्वालको शव सुर्यबिनायक जंगलमा फेला परेको छ। मृतकले लगाएका म्याजिक चप्पल गणेश मन्दिरभन्दा माथि रहेको माताको मन्दिर जाने बाटोमा भेटिएका थिए।

शव केही तल भिरालो जंगलमा भेटिएकाे मृतकका आफन्तले घटनाबारे जानकारी दिएका छन्। प्रहरी अनुसन्धानमा सक्रिय रहेको र घटनाको थप विवरण आउन बाँकी रहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖