• Friday 9th of October 2026

श्रीमानसँग जान लागेको थाहा पाएपछि प्रेमीले लिए ज्यान


  • धनकुटा खबर
  • .

कालिकोट । कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिकाकी विमला शाहीको हत्या भएको खुलेको छ। यही कात्तिक २३ गते बिहान १ बजे सुतेको कोठामा मृत भेटिएकी २४ वर्षीया विमला शाहीको हत्या भएको खुलेको हो।

जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी प्रहरी निरीक्षक वीरबहादुर सुनारले १९ वर्षीय प्रेमी अमिन शाहीले विमलाको हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको बताए। विदेश जाने कुरा जानकारी पाएपछि अमिनले विमला हत्या गरेको खुलेको हो।

विमला हत्या आरोपमा पक्राउन परेका अमिने प्रहरीसँगको बयानमा विमला विदेश जाने जानकारीपछि रिसले कोठामा गएर सिरानीले मुख छोपेर हत्या गरेको स्वीकार गरेका हुन्। विमला बिवाहित हुन्। विमलाका श्रीमान विदेशमा बस्दै आएका छन्।विवाह गरेको दुई महिनामा विदेश गएका श्रीमानले आफ्नो श्रीमतीलाई पनि विदेश लैजान वातावरण मिलाएका थिए। उक्त कुरा प्रेमी अमिनले थाहा पाएपछि प्रेमीका श्रीमानसँग जान लागेको रिसले हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेको प्रहरीको भनाइ छ।

हत्या आरोपित अमिनलाई अदालतबाट १० दिनको म्याद थपेर थप अनुसन्धान थालिएको छ। विमलाका घर परिवारले भने कसैसँग शङ्का नरहेको र उसले आफैँ केही खाएर आत्महत्या गरेको प्रहरीसमक्ष जाहेरी दिएका थिए। तर प्रहरी यो हत्या भएको अनुसन्धानबाट खुलेको प्रहरीको दाबी छ।

प्रहरी निरीक्षक सुनारले मृतकका श्रीमानका भाई निर्प सुनारले सामान्य कुरा आशङ्का कारणले अमिनको कल डिटेल हेर्दा आफुहरु सफल भएको बताए। घटना मृतक विमलाका श्रीमान विदेश गएपछि विमला र देवर निर्प काठमाडौँमा बस्दै आएका थिए। त्यहाँ बस्दा अमिन पनि एकै घरमा कोठा लिएर बस्ने गरेका र त्यहाँ विमला र अमिनको प्रेमसम्बध रहेको देवर निर्पले पनि जानकारी पाएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖