• Friday 9th of October 2026

पशुपतिनाथका यी चार किल्लाभित्र मासु, मदिरासहित नशालु पदार्थ बेचबिखनमा रोक


  • धनकुटा खबर
  • .

काठमाडौँ । पशुपतिनाथ विराजित पावन पाशुपत क्षेत्रभित्र तीन दिन मासु, मदिरा तथा नशालु पदार्थहरू उत्पादन, बेचबिखन, ओसार पसार, भण्डारण र सेवन गर्न समेत नपाउने गरी मंसिर १ गतेदेखि ३ गते (तीन दिन) सम्म पूर्ण रूपमा रोक लगाइएको छ ।

आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौँले सूचना जारी गर्दै सुरक्षा लगायत धार्मिक, सांस्कृतिक मर्यादा र पवित्रता कायम राख्ने उद्देश्यले चार किल्लाभित्र मासु, मदिरा तथा नशालु पदार्थहरू उत्पादन, बेचबिखन, ओसार पसार, भण्डारण र सेवन गर्न स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा (३) बमोजिम पूर्ण रूपमा रोक लगाइएको हो ।

सूचनाको बर्खिलाप हुने गरी कुनै काम गरेमा प्रचलित कानुन बमोजिम कारबाही गरिने समेत जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यी हुन् मदिरा लगायत नशालु पदार्थ रोक लगाइएका चार किल्ला

पूर्व– पशुपति क्षेत्रको तिलगङ्गा, गुहेश्वरीतर्फको पूर्वी सिमाना ।

पश्चिम– गौशाला, मित्रपार्क, चक्रपथ सडक ।

उत्तर– मित्रपार्क, उमाकुण्ड, गौरीघाट, गुहेश्वरी सडक ।

दक्षिण– गौशाला, तिलगंगा, चक्रपथ सडक ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖