पोखरा । गण्डकी प्रदेश स्तरीय प्याराग्लाइडिङ संघका अध्यक्ष बसन्तराज दवाडीको निधन भएको छ । आइतबार राति उनको हृदयघातका कारण निवासमै निधन भएको उनका साथी राम गुरुङले जानकारी दिए । उनी नेपाल प्याराग्लाइडिङ संघका संस्थापक समेत हुन् ।