• Thursday 8th of October 2026

महिलाको शंकास्पद मृत्यु: पति नियन्त्रणमा, माइती पक्षद्वारा हत्याको आरोप


  • धनकुटा खबर
  • .

जनकपुर । जनकपुरधाम उपमहानगरपालिका–४, कटैयाचौरीमा २७ वर्षीया एक महिलाको शंकास्पद मृत्यु भएको छ ।

मृतकका श्रीमान्लाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान सुरु गरेको छ । मृतक रोशनी झा गत बिहीबार राति घरमा मृत फेला परेकी थिइन् ।

घरका सदस्यहरूले रोशनीले पासो लगाएर आत्महत्या गरेको जानकारी माइती पक्षलाई दिएका थिए । धनुषाको नगराइन नगरपालिका–२, जटही माइत भएकी रोशनीको परिवारले भने घरकै सदस्यहरू मिलेर हत्या गरेको आरोप लगाएको छ । उनीहरूले प्रमाण नष्ट गर्नका लागि मृतकको कपडा जलाइएको समेत दाबी गरेका छन् ।

रोशनीको चार वर्षअघि प्रशान्त मिश्रसँग सामाजिक परम्पराअनुसार विवाह भएको थियो । उनका पति प्रशान्त मधेश प्रदेशको नीति तथा योजना आयोगका कर्मचारी हुन् ।

माइती पक्षले हत्या भएको दाबी गर्दै जिल्ला प्रहरी कार्यालय धनुषामा रोशनीका पति प्रशान्त मिश्र र ससुरा रुद्रनारायण मिश्र विरुद्ध उजुरी दिएका थिए। उजुरीपछि प्रहरीले उनीहरूलाई आइतबार नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖