• Thursday 8th of October 2026

शुक्रवार सार्बजनिक बिदा


  • धनकुटा खबर
  • .

सल्यान । धान्यपूर्णिमा मेलाको अवसरमा सल्यानको कालीमाटी गाउँपालिकाले एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

परापूर्वकालदेखि लाग्दै आएको प्रसिद्ध कालीमाटी मेलाको अवसरमा गाउँपालिकाले शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

कालीमाटी गाउँकार्यपालिकाको कार्यालय, पालिकाअन्तर्गत वडा कार्यालय, स्वास्थ्य चौकीहरू, आधारभूत स्वास्थ्य केन्द्रहरू, सामुदायिक स्वास्थ्य एकाइहरू, विद्यालयहरू, बाल विकास केन्द्रहरू र पालिकाभित्र कार्यालय रहेका बैंक तथा वित्तिय संस्थामा स्थानीय बिदा दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत हर्कबहादुर वलीले जनाएका छन्।

कार्यपालिकाको मिति मङ्सिर १ गतेको निर्णय अनुसार मेलाको अवसरमा बिदा दिइएको हो।

धान्यपूर्णिमाको अवसरमा वडा नम्बर–३ स्थित कालीमाटी गङ्गामाला भगवती मन्दिरमा ठुलो सङ्ख्यामा मानिसहरुले दर्शन र पूजा अर्चनासमेत गर्ने गर्दछन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖