मोरङ । मोरङको लेटाङ नगरपालिका–२ स्कुलचोककी १३ वर्षीया अंशु गौतमको हत्या अनुसन्धानका लागि प्रहरीले छिमेकीलाई नै पक्राउ गरेको छ ।
गत असोज २१ गते दिउँसो घरबाट निस्किएकी गौतम कात्तिक ७ गते बेलबारी–चिसाङ साझेदारी वनभित्र मृत फेला परेकी थिइन् । उनको शरीर क्षतविक्षत अवस्थामा थियो ।
दुई महिना लामो अनुसन्धानपछि प्रहरीले छिमेकी अन्दाजी ५० वर्षीय पुरुषलाई नियन्त्रणमा लिएको छ । यद्यपि, प्रहरीले उनलाई पक्राउ गरेको औपचारिक जानकारी दिएको छैन
मोरङ प्रहरी प्रमुख कबिता कटवालले हत्या अनुसन्धान लगभग अन्तिम चरणमा पुगको जानकारी दिए । केही विषय खुल्न बाँकी रहेको उनले बताए ।प्रहरी स्रोतका अनुसार पक्राउ परेका व्यक्तिले घरबाट हराएकै दिन अंशुको हत्या गरेको स्वीकार गरिसकेका छन् ।
हत्याको कारण भने प्रहरीले बताएको छैन । पारिवारिक रिसिइबी नै मुख्य कारण देखिएको प्रहरी स्रोतले जनाएको छ ।
