• Thursday 8th of October 2026

मलेखु–मुग्लिङ सडकखण्ड अन्तर्गत बेनीघाटमा दुईवटा बस ठोक्कियो


  • धनकुटा खबर
  • .

मलेखु–मुग्लिङ सडकखण्ड अन्तर्गत बेनीघाट रोराङ गाउँपालिकाको तिङ्ग्राङखानी भन्ने स्थानमा दुईवटा बस ठोक्किएका छन् ।

घाइतेहरुलाई उद्धार गरेर अस्पताल पुर्‍याइएको छ । धेरैजसो घाइतेको अवस्था सामान्य रहेको जोगिमारा प्रहरीले जनाएको छ ।

विपरीत दिशामा रहेका बसहरु आज दिउँसो करिब सवा १२ बजेतिर ठोक्किएका थिए ।

बस ठोक्किएपछि केही यात्रुहरु त्यहीँ फसेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖