दाङ । लमहीमा होटल व्यवसायी मृत फेला परेका छन् । होटल अर्घाखाँची एण्ड लजका सञ्चालक ४५ वर्षीय केशवराज खनाल बेडरूममै मृत फेला परेको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ । घटनास्थलमा प्रहरी पुगेको र अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।