नुवाकोटको ककनी गाउँपालिकामा पेस्तोल फेला परेको छ ।
ककनी गाउँपालिका वडा नम्बर २ बन्चरेडाँडा स्थित ल्याण्ड फिल्ड साइडको फोहोरमा एक थान बेवारिसे अवस्थाम ठुलो चाईनिज पेस्तोल फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
सोमवार बिहान ८ बजे ल्याण्डफिल्ड साइडको फोहोरमा बेवारिसे पेस्तोल देखिएपछि स्थानियले प्रहरीलाई खवर गरेका थिए ।
पेस्तोल भेटिएको सूचनाको आधारमा प्रहरी अधिकृत सहितको टोलीले पेस्तोल बरामद गरि अनुसन्धान शुरु गरेको छ ।
