• Thursday 8th of October 2026

पुलबाट खस्यो यात्रुबाहक बस


  • धनकुटा खबर
  • .

काठमाडौँ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाङ देउखुरीको लमही नगरपालिका–१ स्थित कौडिया पुलबाट यात्रुबहाक बस खसेको छ ।

डडेलधुराबाट काठमाडौँ आउँदै गरेको बस पुलबाट खसेर दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

ना ८ ख ७४५५ नम्बरको बस दुर्घटनामा परेको हो । दुर्घटना २२ यात्रु घाइते भएको बताइएको छ ।

घाइतेको उद्धार गरी लमही अस्पताल पठाइएको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖