• Thursday 8th of October 2026

पूर्व मुख्यमन्त्रीका भाइ पेस्तोल सहित पक्राउ


  • धनकुटा खबर
  • .

रुपन्देही । दाङको तुलसीपुर उपमहानगरपालिका–५ का २७ वर्षीय नीरज चौधरीको बर्दियाको राजापुरमा भएको हत्याको आरोपमा महावीर चौधरी पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय राजापुरको संयुक्त टोलीले कैलाली गाउँपालिका–५ को बैजपुरबाट तुलसीपुर–५ कै ५१ वर्षीय महावीर चौधरीलाई पक्राउ गरेको हो। पक्राउ परेका महावीर चौधरी लुम्बिनीका पूर्वमुख्यमन्त्री तथा दाङका कांग्रेस नेता डिल्लीबहादुर चौधरीका सहोदर भाइ रहेको खुलेको छ।

बर्दियाको राजापुरमा रहेको हमार थारू रेष्टुरेन्टमा नीरज चौधरीमाथि गोली प्रहार गरी हत्या गरिएको थियो। गोली लागेर घाइते भएका चौधरीलाई उपचारका लागि नेपालगञ्ज पुर्‍याएपछि प्रहरीलाई घटनाबारे जानकारी भएको थियो। घटनास्थलमा रहेका महावीर चौधरी भने मोटरसाइकल चढेर कैलालीतर्फ फरार भएका प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय राजापुर बर्दियाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) कवीन्द्रसिंह बोहराका अनुसार कैलाली प्रहरीको समन्वयमा चौधरीलाई पक्राउ गरिएको हो। प्रहरीले महावीरको साथबाट पेस्तोलसमेत बरामद गरेको जानकारी दिएको छ। यद्यपि, बरामद भएको पेस्तोल हत्यामा प्रयोग भए/नभएको पुष्टि हुन भने बाँकी रहेको प्रहरीले जनाएको छ।

कैलालीबाट पक्राउ परेका महावीर चौधरीले हत्या गरिएका नीरजकै मोटरसाइकल लिएर फरार भएको प्रहरीले बताएको छ। प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरिसकेको जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖