• Thursday 8th of October 2026

क्रिसमसको दिनको परिक्षा रोकिदिन पर्र्यो भन्दै पाष्टर भरत गिरीले फोन गरेपछि शिक्षामन्त्री महावीर पुनले भने- रोक्न मिल्दैन


  • धनकुटा खबर
  • .

पुष १० गते हामी तीस लाख क्रिश्चियनको चाडमा T.U ले परिक्षा राखेको रहेछ।त्यस्लाई रोकिदिन पर्र्यो भनेर पाष्टर भरत गिरीले फोन गरेपछि शिक्षामन्त्री महावीर पुनले भने- रोक्न मिल्दैन।

पाष्टर गिरीले मन्त्री पुनलाई फोन गर्दै भने- शिक्षामन्त्री ज्यू नमस्कार,म भरत गिरी चिन्नु भयो ? म आमुल परिवर्तन रिपब्लिकन पार्टीको अध्यक्ष अनि चर्चको पाष्टर पनि हो।

अनि हाम्रो यो छिमेकी संगती भन्ने चालीस पचास वटा चर्चको मिटिंग थियो।उहाँहरुले के डिमाण्ड गर्नु भयो भने-यो हाम्रो जेनजीको सरकार छ,हाम्रो पुनजी मन्त्री हुनुहुन्छ।अनि यो टियुले (T.U) ले चाँहि पुष १० गते भनेको तीसौ लाख क्रिश्चियनहरुको चाडमा exam राखिदिएछ।अहिले हजुर मन्त्री भएको बेलामा एउटा चिट्ठी लेखेर भएपनी फोन गरेर भएपनी रोकिदिनु भन्ने माग छ।

शिक्षामन्त्री पुन- सुन्नुस्,सुन्नुस्,T.U ले उस्को कार्यक्रम पुष १५ गते राख्ने भनेको थियो।तर,प्रमुख अतिथि भनेर नोबेल पुरस्कार पाउँने जापानीज वैज्ञानिकले पुष १० गते भन्दा अरु दिनमा समय दिन सक्दिन भनेको हुनाले पुष १० गते कार्यक्रम राखेको हो।त्यसैले कार्यक्रम चेन्ज हुँदैन।तपाईंहरु आफ्नो चाडपर्व आफ्नो तरिकाले मनाउँनु।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖