पत्रकार समा थापाले AP1 Television बाट बिदा लिएकी छिन् । बिदा लिँदै उनले भनिन् –
“एपि वान Ap1 टेलिभिजनबाट बिदा लिएको छु, यो अवधिमा साथ र सहयोग गर्नु हुने सबैमा आभार व्यक्त गर्दछु ।
मेरो यो यात्रामा मलाई हरेक भुमिकामा हौसला प्रदान गर्ने मेरा दर्शकप्रति विशेष आभारी छु। सदैव दोहोर्याउन चाहन्छु मैले जीवनमा कल्पना नगरेको माया मेरा दर्शक र शुभचिन्तकले मलाई दिनुभएको छ। यो विश्वास संगालेर राखेको छु ।
हाम्रो भेट यहि कतै फेरि हुनेछ।
