• Thursday 8th of October 2026

भारतीय इन्जिनियर ललितपुरमा मृत भेटिए


  • धनकुटा खबर
  • .

काठमाडौँ । ललितपुर महानगरपालिका–२४ स्थित धापाखेलमा डेढ महिनाअघि एक जना भारतीय इन्जिनियर मृत भेटिएका थिए । कात्तिक १९ मा ४६ वर्षीय देवकुमार मृत भेटिएका हुन् । धापाखेलमा निर्माणाधीन कोलोनीको प्यासेजमा गाडेको अवस्थामा उनको शव भेटिएको थियो ।

भवनको डिजाइन गर्न नेपाल आएका भारतीय इन्जिनियरलाई हातखुट्टा बाँधेर हत्या गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । शव उत्खनन गरेर हेर्दा मुखमा टेप लगाएर हातखुट्टा बाँधेको अवस्थामा भेटिएको ललितपुरका एसएसपी होविन्द्र बोगटीले रातोपाटीलाई बताए । उनले भने– ‘डेढ महिना अगाडिको घटना हो, त्यसबारे हामीले गम्भीरतापूर्वक अनुसन्धान गरिरहेका छौँ ।’

इन्जिनियरको टाउकोमा चोट देखिएको छ । हत्यामा निर्माणाधीन घरमा कार्यरत मजदुरको संलग्नता हुनसक्ने आकलन गरिएको छ । अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्, ‘कम्तीमा दुई जना मिलेर हत्या गरेको हुनसक्ने हाम्रो आशंका छ ।’

हत्यामा संलग्न आरोपीहरू डेढ महिनादेखि फरार छन् । घटनास्थल प्रहरी वृत्त सात दोबाटोको क्षेत्रमा पर्छ । हत्याबारे उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर ललितपुरका अनुसन्धान अधिकृतहरूले अनुसन्धान गरिरहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖