• Thursday 8th of October 2026

मृत्युपछि लोक सेवाको परीक्षामा पास


  • धनकुटा खबर
  • .

बैतडी । बैतडीमा एक महिलाको मृत्युपछि लोक सेवा आयोगमा नाम निस्केको छ। बैतडीको पुर्चौडी नगरपालिका वडा नम्बर ३ घर भएकी भागरति कुँवरको मृत्युपछि लोक सेवा आयोगमा नाम निस्केको हो।

कुँवरको प्रदेश लोक सेवा आयोग कोशीले गत असारमा लिएको अनमी अर्थात् सहायक स्तर चौथो तहमा खुला र महिला दुबै क्लस्टरमा नाम निस्केको हो।

लोक सेवा आयोग कोशीले लिएको परीक्षामा चार हजार ४७ जना सहभागी मध्ये खुला तर्फ ८१ जनाको सिटमा कुँवरसहित ९० जना र महिलातर्फ २० सिटमा कुँवरसहित १२८ जनाले लिखित परीक्षा पास गरेका छन्।

केही दिन अगाडि प्रकाशित नतिजामा सफल भएकी २३ वर्षीया कुँवरको गत भदौ १ गते मृत्यु भएको थियो। उनी विवाहित महिला थिइन्। शिक्षा संकायमा स्नातक उत्तीर्ण गरेकी कुँवर पुर्चौडी नगरपालिका अन्तर्गतको एक स्वास्थ्यचौकीमा कार्यरत थिइन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖