• Thursday 8th of October 2026

सिन्धुलीमा पेट्रोल छर्केर बुहारी जिउँदै जलाइयो


  • धनकुटा खबर
  • .

सिन्धुलीको कमलामाई नगरपालिका–६, धुराबजारमा भएको एक विभत्स घटनाले मानवता नै लज्जित बनाएको छ। हिजो एक घरभित्र पेट्रोल छर्केर आगो लगाउँदा ३२ वर्षीया शुसिला थिङ जिउँदै जलेर मारिएकी छन्।

घटनालाई सुरुमा आत्मदाहको रुपमा देखाउने प्रयास गरिए पनि प्रारम्भिक अनुसन्धानले यो सुनियोजित हत्या भएको पुष्टि गरेको छ। शुसिलामाथि उनकी सासु र नन्दले पेट्रोल छर्की आगो लगाएर हत्या गरेको तथ्य अनुसन्धानबाट बाहिर आएको हो।

शुसिला लामो समयदेखि निरन्तर मानसिक यातनाको सिकार बन्दै आएकी थिइन्। अन्ततः घरेलु हिंसा नै उनको ज्यान लिने कारण बनेको प्रारम्भिक निष्कर्ष निकालिएको छ।

घटनापछि प्रहरीले शुसिलाको सासु र नन्दलाई हिरासतमा लिई अनुसन्धान अघि बढाएको छ। दोषीलाई कडा कारबाहीको माग गर्दै आक्रोशित स्थानीयवासीहरूले आज प्रशासन कार्यालय घेराउ गर्दै धर्ना दिएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖