एक युवकले पत्नी र बच्चा हुँदाहुँदै सालीसँग तेश्रो विवाह गर्न पाउनुपर्ने माग राख्दै ३३ हजार केभीको बिजुली टावरमा चढेर हा’मफा’ल्ने ध’म्की दिएपछि प्रहरी र स्थानीयबासीबीच ठूलो हंगामा मच्चियो।
घटनास्थलमा प्रहरी, दमकल र एम्बुलेन्स पुगेका थिए भने युवककी पत्नी बच्चासहित त्यहाँ आइन्। प्रहरीको समन्वयमा सालीलाई बोलाएर सम्झाइबुझाइ गरेपछि युवक टावरबाट झरेर नियन्त्रणमा लिइयो।
जानकारीअनुसार, राज सक्सेना आफ्नो सालीप्रति अ’त्यधिक प्रेममा थिए। पहिलो विवाहका केही दिनमै उनको मन दोस्रो नम्बरकी सालीप्रति गएको रहेछ र यस्तै हर्कत र धम्कि दिएपछि पहिले नै दोश्रो नम्बरकी सालीसँग विवाह गरे। विवाहका केही दिनपछि पहिलो पत्नी घर छोडेर गइन्।
दुई वर्षपछि फेरी राजको मन फेरि तेस्रो नम्बरकी सालीप्रति लाग्यो र फेरी टावरमा चढेर हंगामा मच्चाए । घटना भारतको हो ।
