• Thursday 8th of October 2026

बुहारीलाई आगजनी गरी हत्या, सासू र नन्द पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं । सिन्धुलीमा पेट्रोल छर्की आगजनी गरी बुहारीको हत्या गरेको आरोपमा प्रहरीले सासू र नन्दलाई पक्राउ गरेको छ।

कमलामाई नगरपालिका- ४ धुराफाँटकी ३२ वर्षीया सुशीला घिसिङको हत्या भएको हो। आइतबार अपराह्न साढे ४ बजेतिर घिसिङको हत्या भएको हो।

उनको हत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदीले जानकारी दिए। पक्राउ पर्नेमा ५९ वर्षीया मायारानी बमजन र नन्द ३५ वर्षीया मिना बमजन छन्।

मृतकका माइती पक्षले उनीहरूसँगै ६५ वर्षीय ससुरा दुर्गामान बमजनविरूद्ध पनि किटानी जाहेरी दिएका छन्। ‘आगजनीले दुर्गामान पनि घाइते छन्। उनले निभाउन जाँदा घाइते भएको भनेका छन्,’ एसपी सुवेदीले भने, ‘वास्तविकता के हो हामी बुझ्दैछौं।’

मृतक मिनाका श्रीमान कोरियामा छन्। उनीहरूबीच लामो समयदेखि घरायसी विवाद हुँदै आएको थियो। आइतबार भने सुशीलाको शव पेट्रोल छर्केर आगजनी गरेको अवस्थामा भेटिएको हो। ‘पेट्रोलसहित हामीले दुई जनालाई पक्राउ गरेका थियौं। घाइते ससुराको कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको छ,’ एसपी सुवेदीले भने।

सुशीलाको शव पोष्टमर्टमको लागि जिल्ला अस्पताल सिन्धुलीमा राखिएको छ। पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत सिन्धुलीबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

स्थानीयले मृतक परिवारलाई न्याय दिनुपर्ने र अपराधीलाई कारबाही गर्नुपर्ने भन्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीको गेट अगाडि नाराबाजी गरिरहेका छन्। नारा जुलुज भएपछि प्रहरीले शान्ति सुरक्षा कडा पारे पारेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖