एल सेरिटोमा सडक पार गर्ने क्रममा सवारीको ठक्करबाट ५७ वर्षीया सुमित्रा गुरुङको मृत्यु भएको छ।
कन्ट्रा कोस्टा काउन्टी कोरोनर कार्यालयका अनुसार गुरुङ एल सेरिटोकी बासिन्दा हुन्।
बिहान करिब ५:४० बजे इन्टरस्टेट ८० नजिकै इस्टशोर बुलेभार्डको १७०० ब्लकमा उत्तरतर्फ गइरहेको म्यारुन रंगको सुबारु आउटब्याकले उनलाई ठक्कर दिएको थियो। घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
सवारी चालक घटनास्थलमै रहेर अनुसन्धानमा सहयोग गरेको एल सेरिटो प्रहरीले जनाएको छ।
