• Thursday 8th of October 2026

आमाको ह’त्यापछि बिचल्लीमा परेका शुशिलाका तीन तिम्ल्याहा सन्तान


  • धनकुटा खबर
  • .

आमाको ह’त्यापछि बिचल्लीमा परेका शुशिलाका तीन तिम्ल्याहा सन्तानलाई मामाघरमा लगियो, नन्दले भाउजुको खुट्टामा हि’र्काएर खुट्टा भाचिसकेपछि उठ्न नसकेको अवस्थामा पेट्रोल छर्की आ’गो लगाईएकि थिइन् ।

स्कुलमा बच्चालाई खाजा पुर्याएर फर्किएकी भाउजुलाई मीनाले भान्सामा खुटामा हि’र्काएर ल’डाइ , खुट्टा भाचिसकेपछि उठ्न नसकेको अवस्थामा पेट्रोल छर्की आ’गो लगाई बाहिरबाट चुक्कुल लगाएकी थिइन ।

घटना थाहा भएपछि ससुराले ढोका खोली बचाउने क्रममा ६२ वर्षीय दुर्गामान बम्जन पनि घा’इते भनिएको छ। सुशीलाको शरीरमा लागेको आगो निभाउने क्रममा उनी पनि ज’लेर घा’इते भएका थिए। उनको दाहिने हात, दाहिने खुट्टा र ढाड ज’लेको छ।

५९ वर्षकी सासु मायारानी बम्जनलाई पनि प्रहरीले प’क्राउ गरेको छ। पी’डित पक्षका अनुसार सुशीलामाथि पछिल्ला ६–७ वर्षदेखि सासु, ससुरा र नन्दले निरन्तर शारीरिक तथा मानसिक या’तना दिँदै आएका थिए। उनलाई खान नदिने, मोबाइल प्रयोग गर्न रोक लगाउने र विदेशमा रहेका श्रीमानसँग सम्पर्क गर्नसमेत नदिने गरिएको परिवारजनको आ’रोप छ।

आफ्नै मामाको छोरासंग विवाह गरेकी मृतक सुशीलाका श्रीमान सूर्य बम्जन वैदेशिक रोजगारीका सिलसिलामा कोरियामा छन् भने उनीहरुको तिम्ल्याहा सन्तान (दुई छोरा र एक छोरी) छन् ।

सिन्धुलीको कमलामाई नगरपालिका-४ धुराफाँटमा ३२ वर्षीया सुशीला घिसिङ बम्जन मृ’त्यु भएको प्रकरणमा ३५ वर्षीया नन्द मीना लामा (बम्जन) ले प्रारभिक अनुसन्धानमा आफुले भाउजुलाई पेट्रोल छर्केर आ’गो लगाई ह’त्या गरेको प्रहरी समक्ष स्वीकारे गरेकी छन् । सुशीलाका तीन जना तिम्ल्याहा सन्तान दुई छोरा र एक छोरी घट’नापछि सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–४ स्थित मामाघरमा राखिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖