• Thursday 8th of October 2026

चार दिन बिद्यालय बन्द


  • धनकुटा खबर
  • .

राजविराज । अत्यधिक जाडो बढेपछि यहाँको बोदे बर्साइन नगरपालिकाले नगरक्षेत्रका सम्पूर्ण विद्यालयलाई चार दिनका लागि बिदा दिएको छ।

नगरपालिकाका प्रमुख आतेशसिंह यादवका अनुसार नगरपालिकाअन्तर्गतका सबै विद्यालय आजदेखि पुस १३ गतेसम्मका लागि बन्द रहने छ।

तराई क्षेत्रमा शीतलहरका कारण विगत केही दिनदेखि बढेको अत्यधिक जाडोका कारण जनजीवन प्रभावित हुँदा बालबालिकालाई विद्यालय आउजाउ गर्न असहज हुने भएकाले बिदा दिइएको जारी गरेको सूचनामा उल्लेख छ।

केही दिनदेखि बढेको शीतलहर र चिसोका कारण सप्तरीसहित तराई–मधेसको जनजीवन कष्टकर बनेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖