सिन्धुलीको कमलामाई नगरपालिका–४ धुराफाटमा सुशिलाको ह’त्यामा संलग्न रहेको आ’रोप लागेका व्यक्तिहरूको घरमा स्थानीयले तोडफोड तथा ढुङ्गामुढा गरेका छन्। घ’टनापछि स्थिति तना’वग्रस्त बनेपछि प्रहरीले अश्रुग्यास प्र’हार गरेको छ।
स्थानीयवासीले सुशिलाको ह’त्या योजनाबद्ध रूपमा गरिएको दाबी गर्दै, कोरियामा रहेका उनका श्रीमान्ले ह’त्या गर्न आदेश दिएको आ’रोप लगाएका छन्। श्रीमानलाई तत्काल नेपाल झिकाई कानुनी कार’बाही गर्नुपर्ने मागसहित आ’न्दोलन च’र्किएको हो।
ह’त्या अभियोगमा संलग्न व्यक्तिहरूको घरमा तो’डफोड भएपछि अवस्था नियन्त्रण बाहिर जान सक्ने देखिएपछि जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कर्फ्यु आदेश जारी गरेको छ। प्रशासनले शान्ति–सुरक्षा कायम राख्न स्थानीयलाई संयम अपनाउन आग्रह गरेको छ।
घट’नाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
