• Thursday 8th of October 2026

शिवजी घाम ताप्न जाँदै


  • धनकुटा खबर
  • .

सूर्य धनु राशिमा प्रवेश गरेसँगै पशुपतिनाथ मन्दिरमा बिहीबार राति १२ बजेदेखि आज बिहान ६:३० बजेसम्म विशेष धनुर्मास पूजा आराधना गरिएको छ।

यस पूजापछि आज भगवान शिव कैलाश पर्वततर्फ घाम ताप्न जाने विश्वास गरिन्छ।

प्राचीन परम्पराअनुसार प्रत्येक वर्ष पुस महिनाभर सूर्य धनु राशिमा रहने भएकाले साइत जुराएर पशुपतिनाथ मूल मन्दिरमा धनुर्मास पूजा गरिन्छ।

चिसो बढ्ने बाला चतुर्दशीपछि शिवजीलाई चिसोबाट जोगाउन तातोपानीले स्नान गराउने परम्परा पनि आजसम्म निरन्तर छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖