• Thursday 8th of October 2026

तरुल खन्न गएकी एक महिलाको भीरबाट लडेर गयो ज्यान


  • धनकुटा खबर
  • .

डडेल्धुराः डडेल्धुरामा तरुल खन्न गएकी एक महिलाको भीरबाट लडेर ज्यान गएको छ।

जिल्लाको अजयमेरु गाउँपालिका–२ बसनास्थित ४५ वर्षीया पार्वती ऐरका ज्यान गएको हो। बिहीबार तरुल खन्न जंगल गएको बेला भीरबाट लडेर बसना खोलाको तालमा परेकी थिइन्।

घटनापछि रातभर स्थानीयले खोजी तथा उद्धार प्रयास गरे पनि शव निकाल्न सफल हुन सकेनन्।

शुक्रबार बिहान सशस्त्र प्रहरी बल नेपाल नम्बर ५२ गुल्मबाट गएको टालीले उनको शव पानी तालबाट निकालेको सशस्त्र प्रहरी नायब उपरीक्षक प्रकाशचन्द्र भट्टले जानकारी दिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖